Monday, September 12, 2011

देश खारेज गरौं !!

अब भाषा, संस्कृति र भेष खारेज गरौं !

बल्ल भयो सुरुवात, शेष खारेज गरौं !!


अपराधी र हत्यारालाई, छुट दिनुपर्छ !

अदालतमा विचाराधीन, केस खारेज गरौं !!


छुट्टै प्रदेश माग्नेहरुको, बोलवाला छ अहिले !

छुट्याएर नेपालबाट, मधेस खारेज गरौं !!


के हुन्छ र पहिचानले, मेट्दै जानुपर्छ !

ढिलो चाँडो यसैगरी, देश खारेज गरौं !!

No comments:

Post a Comment